आफूँलाई प्रधानमन्त्री बनाउने ओलीकाे प्रस्ताव वामदेवले नै पत्याएनन्


काठमाडौं, १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि प्रधानमन्त्री बनाउने प्रस्ताव नेकपा सचिवालय बैठकमा अघि सारेका छन् । सत्ता परिवर्तनकाे खेल सुरु भएसँगै राजनीतिक वृत्तमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल बीच साँठगाँठ हुन थालेपछि प्रधानमन्त्रीकाे लागि उपाध्यक्ष गाैतमलाई अगाडि सारेका हुन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।
नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् । ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ । सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ सबै पार्टी नेताहरुले गर्नुपर्ने बैठकमा बताए ।



सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो । साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका सबै आ’रोप खा’रेज गर्ने समेत उनले बताएको नेकपा उच्च स्रोतले बतायो ।
ओलीभन्दा अगाडि बोलेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आ’रोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठकलगत्तै ओलीले गुटको भेला गरेर एकताविरोधी काम गरेको तर आफूहरु एकताको त्यान्द्रो समातेर बसेको प्रचण्डले बैठकमा बताए ।
उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् । बैठकमा प्रचण्डले भने, ‘म भएको भएइ यस्तोबेलामा प्रधानमन्त्रीबाट रा’जीनामा दिने थिएँ, बरु रा’जीनामा गरेपछि जनतामा हाइहाई भइने थियो ।’ तर ओलीले आफू हटेर पुराना नेतालाई प्रधानमन्त्री बनाउनु भन्दा बरु वामदेवजीलाई बनाऔं भन्ने प्रस्ताव गरेपछि अरु नेताहरु पनि बोलेका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुबैको नेतृत्व गर्न नसकेको बताए । अर्का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेश खा’रेज भए पनि जनतामा आ’क्रोश बाँकी नै रहेको बताए । साथै उनले पार्टी कमिटीले रा’जीनामा दिन भनेमा प्रधानमन्त्री ओलीले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । बैठकमा खनालले भने, ‘पार्टीले निर्णय गरेपछि कसैले पनि मान्दिनँ भन्न पाइन्न ।’
उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको प्रस्ताव आफूले पत्याइनसकेको बताए । तर, यसले ओली प्रधानमन्त्रीबाट रा’जीनामा दिन तयार रहेको भन्ने बुझिएको भन्दै गौतमले यसलाई सकारात्मकरुपमा लिनुपर्ने बैठकमा बताए । बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा ईश्वर पोखरेल र विष्णु पौडेल दुबैले समर्थन जनाएका छन् । पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्तावको समर्थन गर्दै त्यसविपरीत जान खोजे प्र’तिवाद गर्ने चे’तावनी दिए । महासचिव पौडेलले ओलीको प्रस्ताव समस्या समाधानको उपाय हुन सक्ने बताए ।
अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलले भने प्रधानमन्त्री ओलीले रा’जीनामा दिन नहुने धारणा बैठकमा राखेका छन् । तर, उनले बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव उपयुक्त नभएको धारणा राखेको स्रोतको भनाइ छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने बताए ।
विवा’दास्पद अध्यादेश ल्याएसँगै नेकपामा प्रधानमन्त्री ओली एक्लिएका थिए । सचिवालयमा समेत उनी अल्पमतमा परेका थिए । उनले वरिष्ठ नेता नेपाललाई अर्ली महाधिवेशन गरेर अध्यक्ष बनाउने, मन्त्री तथा मुख्यमन्त्री फेर्ने लगायतका अफर दिएर आफूतिर तान्ने प्रयास गरेका थिए । त्यो असफल भएपछि आफूनिकट सांसदहरुको हस्ताक्षर संकलनसमेत गराएका थिए ।
प्रचण्ड र माधव नेपाल समूहले प्रधानमन्त्री ओली सहमतिमा आए माधव नेपाललाई अध्यक्ष छाड्नुपर्ने, नभए दुबै पद गुम्न सक्ने बताएको थियो । तर, बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली माधव नेपाल र बामदेव गौतम दुबैलाई लोभ्याउने कार्ड फाल्न सफल भएका छन् । वामदेवलाई प्रधानमन्त्री बनाउने केपी ओलीको हठात् प्रस्तावले ओली इतर समूहको एकता कायमै रहन्छ वा बिथोलिन्छ भन्ने प्रश्न जन्मिएको छ । स्रोतका अनुसार वैशाख २० गते अर्को बैठक बस्नुपूर्व हुने छ’लफलहरुमा यसको प्रष्ट तस्वीर आउने छ । यदि ओली, बामदेव र माधव नेपाल एकातिर भएमा नेकपामा एक्लिने पालो अर्का अध्यक्ष प्रचण्डको आउने ख’तरा छ ।
त्यसो त प्रतिनिधिसभाको निर्वाचन हारेका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने केपी ओलीको प्रस्ताव आफैंमा अलोकप्रिय प्रस्ताव हो । यस्तो प्रस्तावका कारण प्रधानमन्त्री ओली जनतामा झनै आलोचित हुने सम्भावना पनि छ । किनभने, यसअघि नै राष्ट्रियसभाको सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरेर वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रयास प्रचण्ड–माधव समूहबाटै भइसकेको हो ।
तर, त्यसबेला ओली समूहकै नेताहरुले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । साथै, यो प्रस्ताव असंवैधानिक भएको भन्दै पार्टी बाहिर पनि चर्को वि’रोध भएको थियो । केपी ओलीले भनेजस्तै कोरोना महामारीपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हो भने संविधान संशोधन गर्न सम्भव छैन । किनभने यस्तो प्रस्तावमा दुई तिहाई बहुमत जुट्दैन । त्यसबाहेक कुनै निर्वाचन क्षेत्र खाली गराएर त्यहाँबाट वामदेवलाई चुनाव ल’डाएर प्रतिनिधिभामा ल्याउनैपर्ने हुन्छ । त्यसो गर्नका लागि अहिले नेकपा यतिधेरै बदनाम भएको अवस्था छ कि, कुनै पनि ठाउँमा वामदेवले चुनाव हार्ने जो’खिम रहन्छ ।
किनभने, बर्दियामा कांग्रेससँग २६ हजार बढी मतान्तर भएको ठाउँमा वामदेवले करिब ७ सय मतले चुनाव हारेका थिए । गत उपचुनावमा वामपन्थीको गढ मानिएको धरानमा नेकपाले चुनाव हारेको उदाहरण पनि छ । रविन्द्र अधिकारीको नि’धन भएपछि खाली भएको कास्की २ मा प्रधानमन्त्री ओलीले गौतमलाई टिकट दिने बचन पनि दिएका थिए । तर चुनाव हार्ने ड’रले गौतम आफैं पछि हटेका थिए । त्यहाँ रविन्द्र पत्नी विद्या भट्टराई जितेकी छन् तर उनले सहानुभूतिको भोट पनि पाएकी थिइन् । यो अवस्थामा वामदेव गौतम कसरी प्रधानमन्त्री हुन सक्लान् ? यो प्रश्न पनि अहम छ ।
कतै, वामदेव गौतम प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखेकाले केपी ओलीले उनको नाम अगाडि सारेका त होइनन् ? वा उनी साँच्चै वामदेवलाई प्रधानमन्त्री हस्तान्तरण गर्न चाहन्छन् ? यो स्पस्ट भइसकेको छैन । तर, केपीलाई हटाएर उनको ठाउँमा वामदेव गौतम प्रधानमन्त्री हुनुले नेकपा सरकारमा सकारात्मक अर्थ पनि राख्ने देखिँदैन । किनभने, वामदेव प्रधानमन्त्री नभएता पनि उपप्रधानमन्त्रीसम्म भइसकेका नेता हुन् । र, उनको सत्तारोहण पनि विगतमा खासै सुशासनयुक्त देखिएको छैन ।








