रहेनन् बलिउड अभिनेता ऋषि कपुर

काठमाडौं, १८ वैशाख : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार नि’धन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बि’ग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

हिजाे मात्रे बलिउडकै चर्चित अभिनेता इरफान खानकाे नि’धन भएकाे थियाे । आमालाई गुमाएको चार दिनमै ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा नि’धन भएको थियाे । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्यु’मर भएको थियो। पछिल्लो पटक उनी मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत थिए। ग’म्भीर अवस्थामा अस्पतालमा भर्ना भएका उनले जिन्दगीको यु’द्धमा हार्दै प्राण त्यागेका हुन्।

समाचार अनुसार उनी पेटको समस्यासँग जु’धिरहेका थिए । उनलाई कोलोन इ’न्फेक्सन भएको थियो। नि’र्देशक सुजीत सरकारले इरफान खानको नि’धनको पुष्टि गरेका छन्। इरफान एकसाताअघि घरको बाथरुममा ल’डेका थिए। त्यसपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। इरफानले ट्यु’मरको उपचार लण्डनमा गराएका थिए।

सम्बन्धित खवर

Back to top button