अमेरिकी अर्थतन्त्रम कम्तिमा ३० प्रतिशतले ओरालो : राष्टपतिमा हराउन चिन लागेको ट्रम्पको आरोप


बैशाख १८ ,एजेन्सी : विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको महाशक्ति राष्ट्र अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ।
वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्ने क्रममा देशव्यापी लकडाउन र पेसा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको बताइएको छ ।



अमेरिकाको सन् १९३० को दशकयताकै यो सबैभन्दा ठूलो समस्याग्रस्त संकुचन हो। यो संकुचनलाई ठीक ठाउँमा ल्याउन वर्षौं लाग्ने अनुमान गरिएको छ। जनवरीदेखि मार्चको अवधि सम्मा मात्रै अमेरिकी अर्थतन्त्र झण्डै ४ दशमलव ८ प्रतिशतले घटेको छ। अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम एच पावेलले कोरोना भाइरसका कारण धेरै अमेरिकी घरभित्रै रहनुपर्ने भएकाले अमेरिकाको अर्थतन्त्र दोस्रो चौमासिकमा अरु खराब अवस्थामा पुग्ने संकेत गरेका छन्।
दुई करोड ६० लाखभन्दा बढी अमेरिकीले यसअघि नै रोजगारी गुमाइसकेका छन् भने बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या हरेक दिन बढ्दै गएको छ। बिहीबार बेरोजगारी भत्ताका लागि आवेदन दिनेको नयाँ विवरण पनि सार्वजनिक हुँदैछ।
पावेलले हालको आर्थिक संकटमा सुधार ल्याउन समय लाग्ने बताउँदै अर्थतन्त्रलाई सही मार्गमा ल्याउन कंग्रेस र केन्द्रीय बैंकले पर्याप्त कार्य गर्न नसके अर्थतन्त्रमा निकै जोखिमपूर्ण दीर्घकालीन असर पर्ने जानकारी दिए।
अमेरिकाका धेरै पेसा व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन्। ग्राहक र आम्दानीको अभावमा हप्तौं टिक्न यी व्यवसायलाई कठिन छ र आर्थिक मद्दतबेगर यिनीहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्नेछन्।
विश्लेषकहरुको भनाइमा दोस्रो चौमासिकमा अमेरिकी अर्थतन्त्र ३० प्रतिशतले घट्नेछ। नोबेल पुरस्कार विजयी अर्थशास्त्री पल रोमर सबै अमेरिकी नागरिकको कोरोना भाइरस परीक्षण गर्न अमेरिकी प्रशासनले १ सय अर्ब डलर खर्च गर्नुपर्ने बताउँछन्।
हालसम्म करिब २ प्रतिशत नागरिकको मात्र परीक्षण गरिएको छ। रोमरले भने, ‘यो समस्या सुल्झाउन सकिन्छ, र यसका लागि १ सय अर्ब डलर खर्चिनुपर्छ। यो कार्य त्यति कठिन होइन।’
उता राष्ट्रपति ट्रम्पले आगामी राष्टपतिको चुनाबमा आफूलाई हराउन चिन लागिपरेको आरोप लगाएका छन । ह्वाइट हाउसमा रोयटर्स समाचार संस्थालाई दिएको अन्तर्वार्तामा ट्रम्प भने ‘मैले गर्न सक्ने धेरै कुरा छन्। हामी के भयो भन्ने कुरा हेरिरहेका छौँ।’ यो दौडमा मलाई हराउन चीनले जे जति गर्न सक्छ गर्नेछ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले सम्भावित डेमोक्याट उम्मेदवार जो बाइडेको नोभेम्बरको निर्वाचनमा जित होस् भन्ने चीनको चाहना रहेका पनि उनले बताए। ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए। उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे। उसोत उनको दम्बका कारण आफ्नै देशभित्र चर्को आलोचना भइरहेको छ।