अमेरिकामा कोरोनाभाइरसकाे औषधि: सर्वत्र खुशीयाली

काठमाडाैं, १८ वैशाख : अमेरिकामा काेराेना भाइरसकाे औषधि सफल भएपछि त्यहाँ सर्वत्र खुसीयाली छाएकाे छ । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका क्रममा धेरै राम्रो काम गरेपछि सर्वत्र खुशीयाली छाएको हाे ।

औषधिको परीक्षण निकै सफल भएको खबर सार्वजनिक भएसँगै त्यसको सकारात्मक असर वालस्ट्रिट सहित विश्वको शेयर बजारमा देखिएको छ । अमेरिकामा एक दशकयताकै सबैभन्दा ख’राब आर्थिक स्थिति देखिए पनि वालस्ट्रिटमा सकारात्मक प्रभाव देखिएको छ । अर्कातर्फ जर्मनीको पनि दोस्रो विश्वयु’द्धपछि पहिलोपटक अर्थव्यवस्था सबैभन्दा क’मजोर अवस्थामा पुगेको छ ।

कोरोनाभाइरसका कारण विश्वभर २ लाख २८ हजारभन्दा बढी व्यक्तिको मृ’त्यु भइसकेको छ । यसैबीच कोरोनाभाइरस महामारी फैलिएपछि पहिलोपटक विश्व स्वास्थ्य संगठनको आ’पतकालीन समितिको बैठक पनि यही बिहीबार बसेकाे छ ।

रेमडेसिभर नामको औषधिको क्लिनिकल परीक्षणले मानिसको निको हुने दर करिब ३० प्रतिशतले बढेको देखाएको छ । हालसम्म यो औषधि नै नयाँ कोरोनाभाइरसको उपचारमा सबैभन्दा सफल मानिएको छ । अमेरिकी इपिडिमियोलोजिस्ट डाक्टर एन्थोनी फचीले संवाददाताहरुसँग रेमडेसिभर औषधिको प्रभाव र असर निकै उत्साहप्रद रहेको बताए । यो औषधि इबोला भाइरसका बि’रामीका लागि भने असफल देखिएको थियो ।

यही औषधि चीनको उहानका बि’रामीमा परीक्षण गर्दा पनि त्यति सफल मानिएको थिएन । विश्व स्वास्थ्य संगठनका वरिष्ट अधिकृत माइकल रायनले पछिल्लो नतिजाका बारेमा प्रतिक्रिया दिन अस्वीकार गरे । उनले परीक्षणको विस्तृत विवरण प्राप्त नहुँदासम्म आफूले यस बारेमा टिप्पणी नगर्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कार्यशैलीमाथि प्रश्न उठाउँदै निरन्तर आ’लोचना गरिरहेका छन् । धेरै विज्ञहरुले अमेरिकामा भाइरसको प्रसार रोक्न राष्ट्रपति ट्रम्प असफल भएपछि मानिसको ध्यान अन्यत्र मोड्न विश्व स्वास्थ्य संगठनमाथि आ’रोप लगाएको बताएका छन् ।पछिल्ला विवरण अनुसार विश्वभर कोरोनाभाइरसबाट ३२ लाख ३२ हजार मानिस संक्रमित भएका छन् भने २ लाख २८ हजारभन्दा बढीको मृ’त्यु भएको छ ।

सम्बन्धित खवर

Back to top button