सांसद यादवद्वारा नेकपाका सांसदविरुद्ध आयो’गमा उ’जुरी

काठमाडौं, १८ बैशाख : जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अ’पहरण गरी काठमाडौं ल्याएको भन्दै नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयो’गमा निवेदन दिएका छन्।

बिहीबार पुल्चोकस्थित मानव अधिकार आयो’ग पुगेर सांसद यादवले आफूलाई अ’पहरण गरेको भन्दै निवदेन दिएका हुन् । त्यही विवरणको निवेदन लिएर महानगरीय प्रहरी प’रिसर र सरकारी वकिलको कार्यालय काठमाडौंमा कि’टानी जा’हेरी दिएपनि निवेदन दर्ता भएको थिएन।

सांसद यादवले दिएको निवेदनमा भनिएको छ, ‘सत्ता र शक्तिका आडमा उनीहरूले मेरो ज्यान लिन सक्ने अझै पनि जो’खिम छ,’सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनाललाई प’क्राउ गरी आवश्यक छानबिन र का’रबाही गर्नुपर्छ।’ मानव अधिकार आयो’गले पनि उक्त पत्र बुझेको छ। यादवको पत्र १७८० नम्बरमा दर्ता भएको छ।

यादवले आयो’गमा दर्ता गरेको निवेदन :

सम्बन्धित खवर

Back to top button