‘मसँग प्रमाण छ, काेराेना भाइरस चीनले नै फैलाएकाे हाे’

काठमाडाैं, १९ बैशाख : चीनले नै काराेना भाइरस बनाएर फैलाएकाे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । कोरोना भाइरस (कोभिड १९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको उनले दाबी गरेका हुन् । एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाबी गरेका हुन् ।

एकजना पत्रकारले गरेकाे प्रश्नकाे उत्तर दिंदै अमेरिकी राष्ट्रपति ट्रम्पले काेराेना भाइरस चीनले नै फैलाएकाे प्रमाण आफूसँग भएकाे दाबी गरेका हुन् । बिहीबार एक जना पत्रकारले ट्रम्पलाई प्रश्न गरे– कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ ? के तपाईँसँग कुनै प्रमाण छ ?

उनले उक्त प्रश्नको उत्तर दिँदै भनेका छन्, ‘अवश्य मसँग छ । चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठनलाई लाज हुनुपर्ने हो । डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको छ ।’

‘चीनले जानीबुझी वा भुलवश यस्तो गल्ती गरेको हो, यसबारेमा भने थाहा छैन । अथवा कुनै लक्ष्य पूरा गर्न गरेको हो । मलाई थाहा छ, मानिसहरुलाई हुबेई प्रान्तदेखि बाहिर बाँकी चीनमा जाने अनुमति थिएन तर पूरै विश्वमा जाने अनुमति थियो । पूरै चीनमा आवत जावतमा प्रतिबन्ध लगाइएको थियो तर विश्वभर जानका लागि कुनै प्रति’बन्ध थिएन । यो निकै ग’लत भयो । यो निकै कठिन प्रश्न हो र यसको उत्तर पाउन बाँकी छ’, ट्रम्पले भने ।

कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने दुई लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यद्यपि कोरोनाको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमित हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या अमेरिकामा धेरै छ । अमेरिकामा १० लाख ९५ हजारभन्दा धेरैकाे सङ्क्रमण पुष्टि भएकाेमा ६३ हजार आठ सयभन्दा धेरैकाे ज्यान गएकाे छ ।

काेराेना भाइरसलाई लिएर पछिल्लाे समय अमेरिका र चीनबीच वाकयु’द्ध चलिरहेकाे छ । ट्रम्पले लगातार चीनमाथि ‘आराेप लगाउँदै आए पनि चीनले अस्वीकार गर्दै आइरहेकाे छ ।

सम्बन्धित खवर

Back to top button