बाँकेमा पहिलो पटक कोरोना संक्रमण : जमातीहरुको हठले नेपालगञ्ज उच्च जो’खिममा

बाँके, १९ वैशाख :  नेपालगन्जमा रहेका मस्जिदहरुमा केही दिन देखि व्यापक रुपमा स्वाब परीक्षण थालेको भेरी अन्चल अस्पताल स्रोतले  आज एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरको छ । उनको किटबाट पोजेटिभ देखिएपछि पिसिआर जाँचबाट पनि कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।

स्वस्थ मन्त्रालयले सचना निकाल्दै प्रदेश नं ५ मा नेपालगञ्ज फुलटेग्रा निवासी ६० बर्षिय र रुपन्देही निवासी २५ बर्षिय पुरुषहरुमा   किट थ्रेट र स्वान दुबैबाट कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले सुचना मार्फत आधिकारिक जानकारी दिएका छन।  यो पुस्टि संगै नेपालमा अब संक्रमितको संख्या  ५९ पुगेको मन्त्रालयले जनाएको छ   र हाल उनिहरुलाई बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालमा निर्मित आइसोलेशन कक्षमा राखिने  अस्पताल स्रोतले जनाएको छ ।

उता जिल्लामा संक्रमित भेटिएको खबर सार्वजनिक लगत्तै स्वास्थ्यकर्मी सम्मलित जिल्ला उच्च स्तरिय  सुरक्षा समितिको आ’पतकालिन बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा उक्त समितिको आ’पतकालिन बैठक बसिरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।

लकडाउनको कुनै प्रवाह नगरी यहाँका मुस्लिम समुदायले आफ्नाे हिडडुल, भेटघाट तथा धार्मिक गतिविधि गरि नै रहेका कारण यस्ताे अवस्था आएकाे स्थानीयले बताएका छन् । एक स्थानीयले भने ‘प्रहरी प्रशासनले कुनै कडाइ गरेन यो अवस्था आउँछ भन्ने पहिले लागेको थियाे, आज त्यसको पुष्टि भएको छ ।’ उनले थपे, ‘जे गर्नु हामीलाई अल्लाले बचाउन र अल्लाहको नाममा मर्दा स्वर्ग गइन्छ भन्ने कठोर अन्धविश्वासी केही जमातीहरका कारण नेपालगञ्ज जो’खिममा रहेको छ, प्रशासनले कठोर कदम नचालेको यसले भयावह हरुप लिन सक्छ ।’

नेपालगञ्जको त्रिभुवन चोक, फुलटेग्रा लगायतका क्षेत्रमा मुस्लिम समुदायको अबाञ्छनीय क्रियाकलापले महामारीले विकराल रुप लिन सक्ने हुनाले सरकारले कर्फ्युलागाएर भएपनि स्थिति नि’यन्त्रणमा लिनु पर्ने यस क्षेत्रका जानकारहरु बताउछन्।

कोरोना भाइरस संक्रमित भेटिए सँगै पछिल्लो चरणमा भने बाँके प्रहरीले यहाँका मस्जिदमा नि’गरानी बढाएको छ । प्रहरीका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च नि’गरानी बढाइएकोछ । कोरोना भाइरस संक्रमणको आ’शंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । याे क्षेत्रमा उच्च जाे’खिम बढेसँगै लकडाउनको समय अनिश्चित बनेकाे छ । नेपालगञ्ज पहिले देखि नै रडजोनमा परेको स्थान हो।

सम्बन्धित खवर

Back to top button