काेराेना संक्रमित भेटिएपछि बाराका मस्जिदमा अनुगमन

बारा, १९ वैशाख : काेराेना संक्रमित भेटिएपछि बाराका मस्जितदमा अनुगमन सुरु गरिएकाे छ । मस्जिदबाट कोरोना संक्रमति भेटिएपछि बाराको मदर्सा र मस्जिदको अनुगमन सुरू गरिएको मुस्लिम आयोगले जनाएकाे छ। मुस्लिम आयोग नेपाल जिल्ला स्तरीय समितिले बारामा रहेका विभिन्न मदर्सा र मस्जिद अनुगमन थालेको हो।

पचरौता नगरपालिकाको लङ्गडा चौक, आदर्श कोतवाल गाउँपालिकाको कोतवाली, सिम्रौनगढ नगरपालिकाको किशुनपुर र पर्सालगायत स्थानमा रहेका मस्जिद तथा मदर्साहरुमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा मस्जिद र मदर्साहरुमा धर्मगुरुहरु भेटिएका छन्‌।

समितिले मुस्लिम समुदायलाई लकडाउनका नियम पालना गर्न/गराउन अनुगमन गरेको जनाएको छ । रमजानको समयमा आ-आफ्नो घरमा बसी इफ्तारी गर्न तथा नमाज र तराबी पढ्न सुझाव दिएको मुस्लिम आयोग समिति बाराका सदस्य डा. कमरुल्लाह अन्सारीले जानकारी दिए।

यसअघि त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा कोरोना संक्रमित भेटिएका थिए।

सम्बन्धित खवर

Back to top button