कोरोना संक्रमित भएपछि रुसका प्रधानमन्त्रीद्वारा पदत्याग


एजेन्सी : रसियाका ५४ वर्षीय प्रधानमन्त्री मिखाएल मिसुतिनलाई कोरोना संक्रमण भएपछि आफ्नो प्रधानमन्त्री पदत्याग गरेका छन् ।प्रधानमन्त्री मिसुतिनले राष्ट्रपति भ्लादमिर पुटिनलाई आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै पदत्याग गरेका हुन् ।
संक्रमण भएको पुष्टि लगत्तै सेल्फ आइसोलेसनमा जानु पर्ने र केहि समय कामकाज अबरुद्ध हुनसक्ने भन्दै देशको नियमित र सक्रिय कामकारबाहीका लागि उनले प्रधानमन्त्री पद त्यागेको जानकारी दिएका छन्।



राष्टिय टेलिभिजनबाट प्रसारित बैठकमा प्रधामन्त्री मिसुतिनले उपप्रधामन्त्री एन्ड्रे बिलौउसोभलाई कामचलाउ प्रधानमन्त्री चयन गर्न सिफारिस गरेका हुन् ।
गत जनवरीमा प्रधानमन्त्री चयन भएका ५४ वर्षीय मिसुतिनको प्रस्ताव राष्ट्रपति पुटिनले स्वीकार गरेका छन ।
स्मरण रहोस् हाम्रो देशमा मृ’त्युको अन्तिम घडीसम्म पनि सत्तामा बसिरहने संस्कार, नैतिकता कहिलेबाट बदलिन्छ हेर्न भने बाँकी छ ।








