सब्जी अनि फलफूल के मृत्युको कोसेली हो ? वडा अध्यक्ष तिलक बिर सुनार

बैशाख २०,बाँके :- लकडाउन भनिएको छ । प्रचार गरिन्छ तर निग्रानी र कार्यान्वयनमा प्रवहावहिनता देखिन्छ्। बजारमा मानिसहरुको हुलजत्था आवत जावत निर्बाद चलिरहेको देखिन्छ। बिषेश गरि भारतीय नागारिकहरुको अबैधानिक मार्गबाट प्रबेश गरि भित्र्याइ गरिने फलफूलतरकारीको ब्यापारले कोरोनाभइरसको आयात बड्ने छ भन्ने तथ्याङ्कले बताइ सकेको छ कि आज संक्रमित मध्य सबैभन्दा धेरै भारतबाट प्रबेश गरकाहरु छन।

यदि नेपाल कोरोना माहामारीको इरान, इट्ली, अमेरिका आदि देशहरुको जस्तो कुरुप अवस्थामा पुग्ने छ त केवल त्यो भारतीयहरुका कारण मात्रै त्यो अवस्था बेहोर्ने छ। त्यो सबैलाइ जगजाहेर छ।

– यसै सन्धर्बमा खजुरा गाउपालि वडा नं ४ का वडा अध्यक्ष तिलक बिर सुनारले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत प्रशासनलाई खबारदी स्वरुप लेखेका छन,

-लकडाउन मात्रै कडा गरेर के गर्छौ ,जिल्ला प्रशासन कार्यालय बाँके ज्यु, त्यो बिना क्वारेन्टाइन भित्र्याइने सब्जी अनि फलफूल के हो मृत्युको कोसेली हो? 

उनि समाजिक सन्जालमा  सत्य र खरो लेख्ने एक जुजारु युवा जनप्रतिनिधि हुन र नेकपा नेता हुन।

एकजना जनप्रतिनिधिको उक्त भनाइबाट पनि पुष्टि हुन्छ की सरकारले अझै पनि खुल्ला सिमाहरुको समुचित ब्यबस्था गर्न सकेको छैन। नेपाल भित्रै तरकारीको भाउ नभइ किसानले फलिरहेको अवस्थामा भारतीय तरकारीको आयातमा प्रतिबन्ध नलागाइनुले प्रशासनको उच्च लापरवाही रेहेको देखिन्छ। बिषेश गरि भारतबाट आलु, प्याज, खुर्सानी,काँक्रा ,बोडी लगाएका तरकारी सिधामात्रिहैन लुकिछिपी पनि भित्र्याएर भारतियहरुले नै बिक्री बितरण गरेको देखिन्छ।

यसमा प्रशानको भन्दा पनि बाढी गल्ति जनताहरुको देखिन्छ। यस्ता ब्यक्तिहरू देखिए तुरुन्तै प्रशासनलाई खबर गरी सहयोग गर्न पर्नेमा सस्तो बेसार खान पल्केका जनतालाई हेक्का छ पेटलाई भन्ने तर पनि
गैर जिम्मेवारी प्रबृत्ति कायमै छ।

बरु आफु चोकचोकमा हुहालले हिड्न नछोड्ने, न समाजिक नत भौतिक दुरीको मतलब राख्ने तर कोरोना नै हिडछ जस्तो गरि बाटो घाटो र राजमार्ग नै आबरुद्द गरेर बसेको देखिन्छ हिजोआज ।
यस्तो चेतनाले रोग र भोग दुबै एकैसाथ मौलाउन थाल्यो भने त्यसो निर्दयी अवस्था र क्षेतिको अनुमान पनि गर्न गरो हुन सक्छ नेपालमा ।

तेसैले यो जिम्मेवारी प्रत्येक नागारिक को हुनाले चोक र गल्लीहरू छेकेर हैन घरको ढोका थुनेर बस्ने र सरकारले पनि हुलजत्था सहितको एकद्वार प्रणाली हैन २४ सै घन्टा खुला रहने अति आवश्यक खाद्यान्न हटलाइन र डोर टु डोरको सरकार आफैले खाध्यन्न घुम्ति सेवा प्रबाह गर्न जरुरी छ। समयमै यसको अलवा अरुकुनै बिकल्प छैन नेपालमा । अन्यथा अराजकताको भिडले महासंकट ननिम्याउला भन्न सकिन्न।

सम्बन्धित खवर

Back to top button