कोरोना कहरको सगै नेकपाको सचिवालय, नेताहरुबिचब बैठक अघि तिब्र छलफल

बैशाख २० काठमाडौं : कोरोनाको कहर सगै तातिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको राजनितिक समाधानका निकाल्न बस्ने भनिएको सचिवालय बैठक बस्नुअघि नेताहरुबीच आन्तरिक छलफलले तीव्रता पाएको छ।

सचिवालय बस्‍नु केही घण्टाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग बालुवाटारमा वार्ता गरिरहेका छन्। 

अपरान्ह ४ बजे बस्‍ने भनिएको सचिवालय बैठकलाई साँझ साढे ५ बजेसम्मका लागि सारेर ओलीले गौतमलाई बालुवाटारमा बोलाएर वार्ता गरिरहेका छन्। अघिल्लो सचिवालय बैठकमा ओलीले गौतमलाई कोरोना भाइरस संकटपछि प्रधानमन्त्री प्रस्ताव गरेका छन्। 

ओलीको उक्त प्रस्तावपछि गौतले आफूनिकट नेता र कानुन व्यवसायीहरुसँग प्रधानमन्त्री बन्‍न सक्ने सम्भावित बाटोबारे परामर्श गरिरहेका छन्। उनले राष्ट्रियसभामा जाँदा जटिल हुन सक्ने निचोडसहित प्रतिनिधि सभाका एकजना सदस्यलाई राजीनामा गराएर उपनिर्वाचनमार्फत प्रधानमन्त्री हुन सक्ने बाटो सजिलो हुने निचोड निकालेका छन्। 

ओलीले सचिवालयमा गरेको प्रस्तावलाई स्थायी कमिटीमा लगेर मूर्तरुप दिनुपर्ने अडानमा गौतम छन्। बर्दियामा कांग्रेस नेता सञ्‍जय गौतमसँग पराजित उनले यसअघि पनि प्रतिनिधिसभामा आउन डोल्पा, बाँके, काठमाडौं ७, धनुषा र कास्की २ बाट उपनिर्वाचन लड्ने कोशिश गरेका थिए।

तर उपनिर्वाचनमा उत्रिँदा हार्न सक्ने भन्दै पछि हटेका गौतम अहिले प्रधानमन्त्री ओलीले आफूपछिको प्रधानमन्त्रीकारुपमा प्रस्ताव गरेपछि उत्साहित भएका छन्। उनी यो पटक कुनै पनि हालतमा उपनिर्वाचनबाट प्रतिनिधिसभामा गएर प्रधानमन्त्री बन्‍ने रणनीतिसहित छलफलमा जुटेका छन्। 

ओलीले पनि पार्टीमा देखिएको विवादमा निर्णायकमध्ये एक गौतमलाई आफ्नोतर्फ ल्याएर सचिवालयमा बहुमत जुटाउने कोशिशमा छन्। यसअघिको बैठकमा पुषपकमल दाहाल प्रचण्ड, झलना खनाल र माधकवकुमार नेपालले ओलीको राजीनामा मागेका थिए। तर गौतमसहित अन्य पाँचजना सचिवालय सदस्य भने मौन बसेका थिए। 
सहोग थाहा संवातदाता

सम्बन्धित खवर

Back to top button