प्रधानमन्त्री ओलीले दुबै पद छाेड्नु हुँदैन – विष्णु पाैडेल


काठमाडौं, २० वैशाख : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजी’नामा नदिए ह’टाउने तयारी गरिरहेका बेला महासचिव विष्णु पौडेलले दुवै पदबाट ओली नहट्ने दा’बी गरेका छन् । पार्टीभित्रको वि’वादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई ह’टाउने तयारीको भने खुलेर वि’पक्षमा उभिएका छन् ।
नेकपा महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए छन् । उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाललगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे। केही दिनअघि नेता बामदेव गौतमको निवासमा भएको भैंसेपाटी गठबन्धनको बैठकमा सहभागी भएपछि महासचिव पौडेलको भूमिकाबारे पार्टीमा चर्चा चलिरहेकै बेला उनले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने पक्षमा उभिएका हुन्।



महासचिवको हैसियतले उनी नेताहरूबीच समझदारी कायम गर्न लागिरहेका छन् । पौडेलले भने, अहिले प्रधानमन्त्रीको राजी’नामाको प्रस्ताव नै अनुचित छ । उहाँले पार्टी र सरकारको नेतृत्व छाड्नुपर्ने कारण छैन र छाड्नु पनि हुन्न ।’
केपी ओली र प्रचण्डबीच केही अस’मझदारी देखिएको भए तापनि समझदारीमा फर्किने पौडेलको विश्वास छ। महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच असमझदारी देखिएकै हो । तर, उहाँहरू आपसमा बसेर समझदारीअनुसार निर्णय गर्ने अभ्यासमा फर्किनैपर्छ, अरू विकल्प छैन ।’
नेकपामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने अवस्था अहिले नरहेको भन्दै पौडेलले पार्टीका कुनै पनि संरचना सरकारको नेतृत्व परिवर्तनको पक्षमा नरहेको दाबी गरे। स्थायी कमिटी बैठक माग गर्ने नेताहरूको माग सरकारले सम्बोधन गरिसकेकाले अहिले बैठक आवश्यक नरहेको महासचिव पौडेलले बताए ।