प्रधानमन्त्रीले गरे आत्मआलोचना, नेकपा स्थायी समिति बैठक २५ वैशाख

काठमाडौं, २० वैशाख : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी समितिकाे बैठक वैशाख २५ गतेका लागि बाेलाउने निर्णय गरेको छ। नेकपाको सचिवालय बैठकले वैशाख २५ गते बैठक बाेलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको उनले जानकारी दिए । त्यस्तै बैठकमा अन्य शीर्ष नेताहरुले पनि आत्मआलोचना गरेको उनले उल्लेख गरे।

नेकपा सचिवालय बैठकले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ। त्यसका लागि उपयुक्त समयमा प्रत्यन गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।

‘प्रतिनिधि सभामा ल्याउने निर्णय भित्रै प्रधानमन्त्री बन्ने विषय पनि अन्तरनिहित छ’, श्रेष्ठले भने, ‘बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ।’

सम्बन्धित खवर

Back to top button