नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण


काठमाडौंं,२१ वैशाख : नेपालमा कैदिन १० जनामा कोरोना संक्रमण देखिएको छ। पर्सामा १ जना र बाँकेमा ९ जनामा गरि एकैदिन १० जनामा कोरोना संक्रमण देखिएको हो ।
पर्साको वीरगन्ज महानगरपालिका ३ छपकैयामा एक ३६ वर्षीय पुरुषमा कोरोनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



नेपालगञ्जमा परीक्षण गर्दा ९ जनामा पोजिटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।