कोरोना तीव्रगतिमा फैलिएपछि लकडाउनमा कडाइ, राहतको विषय उठेन


कोहोलपुर, २१ वैशाख : कोरोन संक्रमण तीव्रगतिमा बढेसँगै नेपालगन्ज-कोहोललपुर सडक खण्ड पूर्णरुपमा बन्द गरिएको छ । एकैदिनमा कोरोना संक्रमितको संख्या १५ पुगेपछि बाँकेमा लकडाउनलाई कडा पारिएको हो ।
कोहलपुर-नेपलगन्ज सडक खण्डको आवतजावात पूर्णरुपमा बन्द गरिने निर्णय गरिएको कोहलपुर स्थानीय प्रशासनले जनाएको छ। कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतको अध्यक्षतामा बसेको कोरोन रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो ।



पछिल्लो समयमा नेपलगन्जमा डरलाग्दो रुपमा कोरोना संक्रमण फैलिएसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडाइ पार्ने निर्णय गरेको हो ।
यहाँ लकडाउनको उलङ्घन गर्नेहरुलाई हदैसम्मको कारबाही गरिने भएको छ । मेडिकल सामग्री खरिद गर्ने निर्णय गरेको कोहोलपुर नगरपलिकाले जनाएको छ । अहिले संकटकालीन अवस्था भएकोले लकडाउन प्रभावितहरुलाई भने राहातको विषयमा कुनै निर्णय नगरिएको नगरपालिकाले जनाएको छ ।
अबको केहिदिन मात्र राहतमा बेवास्ता गर्ने हो भने रोग भन्दा भोगले मानिस ब्याकुल हुनसक्ने तर्फ विशेष ध्यान दिन जरुर रहेको हम्रा संवाददाता किशोर बहादुर शाहीले बताएका छन्।
राजमार्ग र बजारका गल्लीहरुमा रहेका साना-साना होटेल रेष्टुरेन्ट र रक्सी पसलहरु कोभिड-१९ सार्ने मुख्य माध्यम बन्न सक्ने बुद्धिजीवीहरुले बताएका छन् । यसतर्फ पनि सरकारको ध्यान जान जरुरी छ ।