उच्चस्तरीय समिति बैठक बस्दै लकडाउनको मोडालिटीबारे छलफल हुने


काठमाडौं, २२ वैशाख : लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।
लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू हुन लागेको प्रधानमन्त्री कार्यायका सचिव नारायणप्रसाद बिडारीले सेतोपाटीलाई बताए।



आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।
नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।








