सरकारको निर्णय: लकडाउन जेठ ५ गतेसम्म


काठमाडाैं, २४ वैशाख : लकडाउन फेरि जेठ ५ गतेसम्मको लागि थपिएको छ । नेपाल सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो।
यसअघि सरकारले बेलाबेला थप्दै वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले कोरोनाको संक्रमण बढ्न नदिन भन्दै लकडाउन लम्ब्याउँदै आएको छ।



हिजो बसेको कोरोना रो’कथाम तथा नि’यन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले स’ङ्क्रमण रो’कथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना स’ङ्क्रमणलाई रो’क्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको थियो।
सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर छ।