सिमा क्षेत्रमा भारतीयको ज्यादती बड्दो , सिमाअतिक्रमणको खतरा

बैशाख २६ ,बिर्तामोड :— मुलुकमा कोरोना सन्त्रासले सताइरहेका बेला ठाउँ ठाउँमा भारतीय पक्षबाट नेपाली भुमिमा जबर्जस्ती छिर्ने क्रममा बडिरहेको छ।

बिषेश गरि पुर्वी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी माथि भारतीय नागरिकले आक्रमण गर्न थालेका छन् । झापाको एक सय ४४ किलोमिटर क्षेत्रमा भारतसँग सीमा जोडिएको छ । नेपालतर्फ खेतीगर्न आउने बाहाना बनाउदै चोरी तस्करीमा संलग्न भारतीय नागरिकहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई नै निशाना बनाउन थालेका हुन् ।

सोमबार साँझ झापा गाउँपालिका–४ जुलिगाछी बस्तीस्थित १३१/१ नम्बर पिलरनजिक खटिएका नेपाली सुरक्षाकर्मीलाई आक्रमण गर्न भाला, तरबार, चक्कु, लट्ठीलगायत घरेलु हतियारसहित करिब दुई सय जनाको समूह सीमा क्षेत्रमा आएको थियो  ।

नेपाली सुरक्षाकर्मीलाई घेरेर आक्रमण गर्न खोजेका उनीहरूलाई रोक्न सशस्त्र प्रहरीले फायर खोल्नुपरेको थियो । दुई राउन्ड हवाई फायर गरेपछि उनीहरू मकैबारी हुँदै भागेका सीमा तैनाथ एक सशस्त्र प्रहरीले बताए । सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ देखि करिब ५ सय मिटर उत्तरमा जनपद प्रहरीका जवानले सुरक्षा दिइरहेका थिए ।

सीमावर्ती भारतीय बस्तीबाट करिब दुई सय जना गाउँले घरेलु हतियारसहित नेपाली सुरक्षाकर्मीलाई आक्रमण गर्न दशगजासम्म आइपुगेका हुन् । ‘हवाई फायर गर्नुको विकल्प थिएन,’ सशस्त्रका ती जवानले भने, ‘घरेलु हतियारसहित आएका उनीहरू हामीलाई आक्रमण गर्न दशगजा क्षेत्र पनि पार गर्न लागिसकेका थिए । फायर नखोलेको भए ठूलो दुर्घटना हुन सक्थ्यो ।’

यधपी केहिसमय पहिले भारतीय सुरक्षा बलले बारबार बङगालादेशको भुमिमा टेक्दा बङगालादेशको सेनाले गोलि हानि ४ भारतीय फोजको ह’त्या गरेदेखि अहिले सम्मा भारतले बङगालादेश संग निउखोजेको छैन।
तर बारम्बार नेपालि भुमिमा ज्यादती गर्दा नागरिकहरू मारिदा र नेपालि सुरक्षाफौज माथिनै जाइलाग्दा सम्मा कुनै पनि दरो कार्बाही नेपालि सुरक्षा कार्मेले लिन सकेका छैनन। न त सरकारले बरु जे गरेनि सहि सलामत सम्झौता गर्ने र घटनाको थामथुम मात्रै पार्ने काम नेपालि पक्षबाट हजदैआएको छ यस्तै गर्दै लाखौ नेपालि भुमि र जनता भारतका भैसकेकाछन्।
यस्तो अवस्थामा झन कयौठाउमा भारतीय पनि पक्षेले सिमाना अतिक्रमण गरेको हुनसक्ने देखिन्छ।
यसमा समय मै नेपालसरकार को ध्यान जान र सिमा सुरक्षा नितिमा चनाखो हुन जरुरी देखिन्छ। उसोत संसार भरिका नेपालि र देश भित्रकै कयौ पार्टी र जनताले सिममा तारबार सहित बन्दको आवाज बुलन्द बनाउदै आएका छन तर कुनै पनि नेपालका शासकहरूले त्यो हिम्मत गर्न सकिरहेका छैनन।
यसले नेपालको राजनिति र राजनितिज्ञहरुको नियति मा शंका उब्जिएकाे मात्र छैन जनताले दल र सत्ताको बिकल्प खोज्ने कित नेपाल भरततिर बुजाउन र आत्मसमर्पण गर्ने दिन अवस्था आउनसक्ने देखिन्छ।

सम्बन्धित खवर

Back to top button