भारतमा लाखौं नेपालीहरुको बिचल्ली, दुतावासको फोन अफ, सरकार भने मौन

काठमाडौं, २६ बैशाख  : भारतमा ज्याला मजदुरी गर्न गएका लाखौं नेपालीहरुको अहिले बिचल्लि भएको छ भने कयौ भोकभोकै सडकबाट सरकार गुहारी रहेका छन।  रि ह्युमन मेनपावर कम्पनी दुर्गा सभवन काठमाडौंबाट बिना सहित प्रति ब्यक्ति एक लाखको दरले चार करोड पैसा उठाएर पठाइएका करिब चार सय नेपाली अहिले भारत बिहारको  पट्ना बिहार राघबपुर सिक्स लाइन गङ्गा बिरिजको कम्पनीबाट निकालिएका छन । र बिचल्ली मा परेका छन कम्पनीले उनिहरुलाई कुनै पनि सेवा नदिने र कोरोनाले म’रेपछि खाल्डोमा हाल्न बाहेक उपचार समेत नगरिने भन्दै चे’तावनी सहित कामबाट ह’टाई दिएको धादिङ्का लक्ष्मन श्रेस्ठ  र दाङका मान बाहदुर बुढाले जानकारी  दिएकाछन्  ।

अहिले उनीहरुसंग न पैसा छ न रोजगारी, जो कोहि नेपालीहरुसंग उद्दारको भिक मागिरहेका छन तर पनि कोहि कसैले उनिहरुको रोधन सुनिरहेका छैनन। उनिहरुको नेतृत्व गरि गरिरहेका पोखराका निर्मल गिरीले कुनैपनि पहल नगरेको र कम्पनी संगै मिलेर आफुहरुको बिचलित बनाएको बताउछन। कम्पनिले न घर पठाउन आसवासन। त्यहाँ अहिले बर्दिया, पाल्पा, दाङ ,सप्तरी,दैलेख,सुखेत कैलाली, कन्चनपुर, बदिया ,बाके, दाङ, रोल्पा, धादिङ, सिराया, नुवाकोट, चितोवन, कास्की र प्रबत जिल्लाका कामदारहरु फ’सेका छन ।

अहिले नभारत सरकारले न नेपाली कम्पनीले वास्ता गरेको छ न त भारतीय दुतावासले। उनका अनुाार भारतीय दुतावासको फोन नै अफ भएको र कुनै चासो नगरेको बताउछन । यसरी भारत तथा अन्य मुलुकमा रहेका नागारिले उद्दारका लागि हारगुवार गरिरहेका छन।

स्वदेश तथा बिदेशमा भोकले आत्म ह’त्या गर्ने क्रम सुरु भैसकेको छ तर पनि सरकारले कुनै पहल गर्ने छनक देखाएको छैन। नेपालमा साना तथा मझौला उधोग, कलकारखाना र संग संस्था एवं ब्यापारीहरु ठुलो जोखिममा छन । सरकारले यहि अवस्थालाइ लम्ब्याइ रहने हो र देश तथा बिदेशका नागरिकको बारेमा नसोच्नेहो भने स्थिति भयानक हुन सक्ने र चोरी ड’कैती , लुटपाट, हिशां तथा नागरिक बिद्रोह हुन सक्ने देखिन्छ।

भारतमा अहिले लकडाउनमा फसेका नागरिकलाइ एक बाट अर्को राज्यमा जान दिइरहेको छ जसले भारतका नेपालि सरकारले प्रबेश गर्न दिए उनिहरु सजिलै आफै सिमाना सम्मान् आउनसक्छन। क्वारेनटाइनमा पनि आफ्नै खर्चमा बस्न सम्मा तयार
छन। रेमिट्यानसका भरमा चलिरहेको नेपालको सरकारले सझन्डै दुइ महिना सम्मा पनि आफ्ना नागरिकको बारेमा बेखबर छ। बरु सत्ताको बागडोर समालेको ठुलो दल अहिले आन्तरिक कलहको चरम बिन्दुमा पुगेर रमिता देखाइरहेको छ भने प्रमुख प्रतिपादनक्ष दल नेपाली कांग्रेस पनि मौन छ।

उता न्युयोर्क कामकाज एवं भ्रमणको सिलसिलामा आएकासहित अमेरिकामा फसेका पाँच सयभन्दा बढी नेपालीले तत्काल नेपाल फर्किने वातावरण मिलाइदिन वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा निवेदन हालेका छन् । गैरआवासीय नेपाली संघ, अमेरिकाले नेपाल फर्किनेको सूची तयार गरेलगत्तै उनीहरूले दूतावास गुहारेका हुन् ।

नेपाली राजदूत अर्जुन कार्कीसँग बुधबार एक घण्टा लामो भिडियो बैठकमा उनीहरूले आफूहरू अमेरिकामा समस्यामा पर्दै गएको भन्दै तत्काल फर्कन चाहेको बताए ।‘उहाँहरू तत्काल नेपाल फर्कन चाहनुहुन्छ । यसबारे सरकारसँग समन्वय भइरहेको छ,’ राजदूत कार्कीले कान्तिपुरसँग भने । नेपाल सरकार सकारात्मक रहे पनि लामो दूरीको हवाई यात्रा अनि स्वास्थ्य विज्ञहरूको चेतावनीका कारण उनीहरूलाई तत्काल फर्काउन समस्या रहेको उनले बताए । ‘यद्यपि त्यसका लागि अमेरिकी सरकारसँग पनि सम्पर्क गरिरहेका छौं,’ कार्कीले भने ।

बैठकका सहभागीले तत्काल सम्भव नभए हवाई सेवा खुल्नेबित्तिकै पठाउने गरी प्राथमिकतामा पार्न अनुरोध गरेका थिए । अमेरिकामा फसेका उच्चपदस्थ कर्मचारी, सेना एवं प्रहरीका अधिकारीसमेत बैठकमा सहभागी थिए । ‘एकातिर आर्थिक समस्याले जकड्दै गएको छ । अर्को तर्फ कोभिड संक्रमणमा परिएला भन्ने डर । त्यसमा पनि मलाई रक्तचापको समस्या छ,’ एक सहभागीले कान्तिपुरसँग भने ।

पानीजहाजको रोजगारीका सिलसिलामा अमेरिका पुगेकाहरू पनि नेपाल फर्कन दूतावासको सम्पर्कमा पुगेका छन् । ‘नर्वेजियन जोए’ नामक पानीजहाजमा कार्यरत उनीहरू अस्ट्रेलियाबाट लसएन्जलस पुग्दा यतै फसेका थिए । वर्षौंदेखि अमेरिकामै बस्दै आएका सयौं आप्रवासी नेपाली पनि फर्कन चाहेका छन् । यध्यपी सरकारले बेलैमा कदम नाचाल्ने हो भने कोरोनाले भोलिकाे भु – राजनितिक परिवेशको स्वरुप बदल्न सक्ने अनुमान सर्बत्र गरिदैछ।

सम्बन्धित खवर

Back to top button