प्रदेशीको सारथी प्रदेशी : प्रदेशी युवाहरु संगनद्बारा राहात बितरण जारी

काठमाण्डौँ, २६ बैशाख : विश्व मरि महामारीको रुपमा फैलिएको (कोभिड-19) कोरोना भाईरस को कारण विश्व यतिखेर लकडाउन मा छ यहि लकडाउनको कारण हरेक देशहरुमा ठुल ठुला कम्पनि,होटेल, कलकार्खाना,व्यापार सबै बन्द छन् त्यस्तै ठाउहरुमा रोजगारीको सिलसिलाम कामगर्न खाडि मुलुक गएका कामदारहरुको दैनिकी भने निकै दयनिय छ कोहि सडकहरुमा त कोहि गल्लि गल्लिहरुमा भोक प्यासले तड्पिरहेका छन् ।

उता भोट माग्दा हातजोड्दै गोडा छुदै गाँउघर हिड्ने नेता भनौदाहरु भने कुर्सी पाउनकै लागि दौड्धुप तिरै ब्यस्त छन् कोहि हामिले यस्तो गरिउँ,उस्तो,गरिउँ अब देश बदल्नु पर्छ भन्ने नाइकेहजुरुले पनि यति बेला कुनै माखोँ मार्न सकिरहेको छैनान्। कस्ले बुझ्दछ यि परदेशी हरुको पिडा कसले फर्काउछन् सडकमार्ग मा भौतारिरहेका परदेशीहरु लाई ? आखिर परदेशीको पिडा बुझ्ने परदेशी बाहेक अरु कोही भएनन ।

अहिले कामको शिलशिलामा भारतको गुजरात राज्यको अहमदाबाद सिटी मै लामो समयदेखि बस्दै आएका ब.कु.न.पा.२ सल्यानका युवाहरुले गठनगरेको परदेशी यूवा मञ्चबाट पिडित नेपाली हरुलाई राहात बितरणगर्दै सक्दो सहयोग गरिरहेका सहकर्मी टि.आर. शर्मा’अथकमनु’ले जानकारी दिएकाछन्।

उनिहरूले यस अघि पनि भारतमै बम्बेलि बचत तथा ॠण सहकारी संस्था पनि गठनगरि प्रतेक महिनामा आफुले मजदुरी गरि कमाएको रकमको केहि प्रतिशत बचत गर्ने र आपतबिपत परेकोहरुलाई ऋण दिने काम गरका मात्रै छैनन् गाउँ देखी रोजगारी कै लागि भारतमाको अमदबादमा अाएका नेपालीहरु लाई काम नमिले सम्म आफै संग राखेर खानाबस्न दिने र कम खोज्दिने जस्ता थुप्रै उदाहरणिय कामहरु गर्दै आएका छन।

अहिले संगठनका गोबिन्द बुढा, हरी लाल ग्वाने ,नन्दाराम खत्री ,गोबिन्द खत्री ,अोम प्रकाश जैसी म्रीत परियार, प्रबिन बस्नेत तेज बा.बि.सी लगायका थुप्रै युवाहरूले अार्थिक तथा नगत राहात उपलब्धगर्दै आइरहेका छन।

उनिहरू भन्छन् सहयोग र मानवियता दर्शाउन कुनै दर्ता वाला संग संस्था र धन हैन एकता विश्वास र मन भए पुग्छ । सम्भवतः भारतमा रहि यतिको नेपालिपना युवाहरुमा रहनु उदारहनिय काम मान्नु पर्छ

यध्यपी सहयोग गर्न चाहानु हुने र कोहि त्यस ठाउँमा समस्यामा परेको भए ओम प्रकाश जैसी फोन न. 918487836004 मा फोन गरि सेवा लिन र प्रबाह गर्न पनि अनुरोध गरिएको छ।

सम्बन्धित खवर

Back to top button