राजधानीमा खुकुलो बन्दै लकडाउन

काठमाडौं, २६ वैशाख : शर्तसहित अत्यावश्यक वस्तु तथा सेवा क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएसँगै संघीय राजधानीमा चहलपहल बढेको छ । राजधानी काठमाडौंंको मुख्य व्यापारिक क्षेत्र असन चहलपहल बढ्न थालेको हो ।

झण्डै दुई महिना लामो समय बन्दाबन्दीमा घरभित्रै बसेर दिक्क भएका मानिसहरू विस्तारै आफ्नो व्यापार व्‍यवसाय र दैनिकीमा फर्किन थालेका हुन्। सरकारको यो निर्णयसँगै असन क्षेत्रमा फलफूल, तरकारी, खाद्यान्‍न दुग्धजन्‍यलगायत अत्यावश्यक क्षेत्रका पसल तथा मानिसहरूको चहलपहल बढेको पाइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म बढाइएको छ । यद्यपि, शर्तसहित केही खुकुलो बनाउने निर्णयसँगै राजधानीमा चहलपहल बढेको हो । बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्री गर्न पाउने निर्णय गरेको थियो।

त्यस्तै, मजदुरहरूले पनि सामजिक दूरी कायम गर्दै रानीपोखरी र धरहरा बनाउने काम गर्न थालिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

सम्बन्धित खवर

Back to top button