हेलिकोप्टरबाट स्वाव संकलन


डाेल्पा, २७ वैशाख : स्वाव संकलनको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि हेलिकप्टरबाट डोल्पा स्वास्थ्यकर्मी पठाइएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका एक ६२ वर्षीय पुरूषमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि शनिबार हेलिकप्टरमा स्वास्थ्यकर्मी पठाइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय डाेल्पाका अनुसार ‘क्वारेन्टाइनमा रहेका एक जनाको आरडिटी गर्दा पहिले पोजेटिभ देखिएकाले सुर्खेतबाट स्वास्थ्यकर्मीकाे टिम बाेलाउनु परेकाे हाे । राति पुनः आरडिटी गर्दा नेगेटिभ देखिएकाे थियाे । अन्तिम जाँच गर्न सुर्खेतबाट स्वास्थ्यकर्मी बोलाइएको छ।



दुनैबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा ती पुरूषमा आरडिटी नेगेटिभ देखिएको थियो। हेलिकप्टरमा गएका स्वास्थ्यकर्मीले ६२ वर्षीय पुरूषसहित पाँच जनाको स्वाब संकलन गरी सुर्खेत ल्याउने र पिसिआर परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय डाेल्पाले जानकारी दिएकाे छ ।








