आज नेपालमा थप ७ जनामा कोरोना पुष्टि


काठमाडौं, २७ वैशाख : आज नेपालमा थप ७ जनामा काेराेना भाइरस पुष्टि भएकाे छ । उदयपुर, पर्सा र कपिलवस्तुमा सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना तथा पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन्। अधिकारीका अनुसार उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका-३ भुल्केकै हुन्। उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन् ।
त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उता यसअघि दुईजना कोरोना संक्रमित भेटिएको कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन्। अधिकारीका अनुसार उनीहरु एकजना १७ वर्षका पुरुष हुन् भने दुईजना १८ वर्षीय पुरुष नै हुन् ।









