नेपालमा थप दुईजना कोरोना संक्रमण मुक्त

काठमाडाैं : नेपालमा दुईजना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएका हुन्।

कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका भोजपुर र झापाका एक एक जना निको भएका कोसी अस्पतालका मेडिसिन विभागका प्रमुख दीपक सिग्देलले जानकारी दिए।

योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ। विराटनगर अस्पतालमा अहिले १९ जनाको उपचार भइरहेको छ। प्रदेश १ मा हिजो थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

उदयपुरको भुल्केमा एक महिलालाई कोरोना पुष्टि भएको हो। योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो।

सम्बन्धित खवर

Back to top button