कोरोनाबाट साउदीमा एक नेपालीको मृत्यु

काठमाडौंं, २८ वैशाख : कोरोना संक्रमणबाट साउदीमा एकजना नेपालीको ज्यान गएको छ । साउदीको जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएकोमा १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ ।

बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परिवारप्रति दुःख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।

साउदीमा दूतावासको जानकारीमा आएअनुसार ५० जना नेपालीमा सङ्क्रमण देखिएको छ । जसमध्ये १५ जना निको भएका छन् । साउदीमा अहिलेसम्म ३९ हजार ०४८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसमध्ये ११ हजार ५४७ जना निको भएका छन् भने २७ हजार ३४५ जनाको अस्पतालमा उपचार भइरहेको छ । २४६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

सम्बन्धित खवर

Back to top button