नेपालमा काेराेना संक्रमितको संख्या १ सय २१ पुग्याे


काठमाडौं, २९ वैशाख : नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय २१ पुगेकाे छ । सप्तरी जिल्लामा पनि एकजना कोरोना संक्रमित भेटिएसँगै नेपालमा १ सय २१ काेराेना संक्रमित संख्या पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।



सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।