भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सोधियो
बैशाख २९, काठमाडौं। भारतले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको घटनालाई लिएर सरकारले भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ।
परराष्ट्र मन्त्रालयले आज नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमै बोलाएर सोधपुछ गरेको हो। बिहान साढे ११ बजे मन्त्रालय आएका क्वात्रा साढे १२ बजेसम्म बसेका थिए।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी र भारतसहित दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख उपसचिव यज्ञबहादुर हमालसमेत राजदूतसँगको छलफलमा सहभागी रहेका परराष्ट्र मन्त्रालय स्रोतले देखापढीलाई बतायो।
त्यसक्रममा परराष्ट्रले भारतीय राजदूतलाई नेपाल सरकारको कुटनीतिक ‘नोट’ समेत दिएको छ।
परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत क्वात्रालाई सीमा मामिलामा नेपालको दृष्टिकोण जानकारी गराएको जनाएको छ। साथै त्यसक्रममा राजदूत क्वात्रालाई कुटनीतिक नोट दिएको पनि पुष्टि गरेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सचिव शंकरदास बैरागी र भारतसहित दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख उपसचिव यज्ञबहादुर हमालसमेत राजदूतसँगको छलफलमा सहभागी रहेका परराष्ट्र मन्त्रालय स्रोतले बतायो। देखापढी) तर जवाफ के दिए भन्ने कुरा केहिपनी खुलाइएको छैन ।