मर्न दिनुस्, यहींँ मारिदिनुस् तर हामीलाई यहाँबाट जाउ नभन्नुस्


काठमाडौं, २९ वैशाख : भारतको उत्तराखण्डको हल्द्वानीमा क्वारेन्टाइनमा रहेका १७ जना नेपाली मजदुरलाई भारतीय प्रशासनले जबर्जस्ति निकालेको छ । खानको समस्या त छ नै, क्वारेन्टाइनमा राखिएका नेपालीहरू पनि अपमानपूर्वक निकालिएका हुन्।
सामाजिक सञ्जालमा राखिएको एउटा भिडियोमा नेपालीहरूले क्वारेन्टाइनबाट निकालिँदा सीमा बन्द भएका कारण घर फर्किन पनि नपाउने र भोकै मर्ने अवस्था आउने बताउँदै त्यसको प्रतिवाद गर्न खोजेको उक्त भिडियोमा देखिन्छ।



“जहाँ गएपनि मर्ने नै हो भने, हामीलाई यहीँ (क्वारेन्टाइनमा) मर्न दिनुस, यही मारिदिनुस्”, एक नेपाली भन्छन्, “तर, हामीलाई यहाँबाट जाउ नभन्नुस्।”
जवाफमा भारतीय महिलाले १५/२० दिन राखेर खान बस्न दिएको उल्लेख गर्दै अब नसकिने बताउँछिन्। भिडिओमा भारतीय सुरक्षाकर्मी समेत देखिन्छन्।
उनले समेत क्वारेन्टाइनबाट पठाउने कुरा गर्छन्। तेस्तै बिहारमा ४०० नया दिल्लिमा ६०० उत्तराखन्डको एक ब्याग कार्खानाम ८० र हल्दानिमा २०० जना नेपली खनानपाइ मर्ने स्थितिम परेकोजाजरकोट कुसेका डि बि सिहले बताएका छ्न । तर नेपाल सरकारलाइ यिकुनैपनि रोधनले छुनसम्म सकेको छैन । उनिहरुभन्छन् हमी नेपाल १ महिना पछि जान्छम तर १ छाक मत्र भयपनि खानाको पहल गरिदियोस ।
अरु सिङ्गो भारतमा कतिजना नेपलिले सास्थि भोगेकाछन अनुमान गर्न सकिदैना ।