के हामी राजनितिको डङ्गुर सफा गर्न सक्दैनौ? – शुरेश पुरूष हाल भारत
बैशाख ३० काठमाडौं : के हामी यसरी नै पुस्तौं पुस्ता सम्मा निरिह भइरहन्छौ ? के हामी कहिल्यै पनि राजनितिको डङ्गुर सफा गर्न सक्दैनौ? के हामी हाम्रो स्वाधिनता,सार्भभौमिकता,सिपा,स्रम र पसिनाको भेटी बिना सर्त यि कातर र गद्दार हारुलाइ सुम्पि रहन्छौ? के ९५℅ इमान्दार, गरिब ,उत्पिडित बर्ग समुदाय र आम नेपाली जनताको ओजन र हैसियत यि ५% का छट्टुहरु जतिपनि छैन होला? इतिहासमा कहिल्यै कसैबाट पराधिन नभएका हामी जनता हामिले नै बारबार काधँहरू गलाएर साँडे बनाइ पालेकाहरु बाटै मरे तुल्य हुन्छौ वा यि सब प्रश्नहरू को खिलाप गर्न सक्छौ? सवाल गम्भीर भएर अाएको छ।
स्मरण रहोस् दुनियामा जुन सक्तिले जति सहन सक्छ उसले त्यो भन्दा हजारौं गुण प्रतिरोध गर्न सक्छ। तेसको नेतृत्व गर्न सक्दछ सकेको छ।
बर्तमान नेपालको सन्धर्भमा हाम्रा वीर गोर्खाली बाउ बाजेले भोको पेट र नाङ्गो छाती संगै युद्ध गरेर आर्जेको देश नेपाललाई जन्म दिनको केक जसरी काटेर खाने नलाएकहरुको सत्ता दुरुपयोग धेर भैसक्यौ । बर्तनमा सरकार लम्पसार भएर भारतको गुलामि गर्दै नेपाली जनतालाइ भ्रममा पारेर पुरै देश बेच्न खोज्दै छ भन्ने तथ्य अहिले त तितो लाग्छ यो हामीलाई स्वभाविक पनि हो किनकी हामिले अधिक विस्वासगरेर मतजाहेर गरेका हौ। तर निकट समयममै त्यो हामले देख्न पाउने अवस्था छ।
किनकी बर्तमान दल भित्रका कुनै पनि शासकहरुमा राष्ट्रियताको अलिकति पनि रङ छैन। यि सब गुलामी र दलाली गर्दागर्दै कायर र कातर भै सके। यि कुनै पनि हिसाबले राष्ट्रियताको जगेर्ना गर्न लाएक छैनन। यो कुरा कति हो कति पटक हामीलाई महसुस हुन्छ तर फेरि यिनकै काँधमा हामि सत्ता थुमाइदिन्छौ।
विश्वको महान जनबादी र राष्टबादि क्रान्तिहरको अध्ययनले हाम्रो देशको अवस्था झल्किन्छ किनकी विश्वका जतिपनि क्रान्ति सफल भए ति सब उत्पिडित बर्ग र समुदायको साहास र सक्रियतामा मात्रै भएका छन तर नेपालमा जतिपनि कथित क्रान्ति भए ति सब सासक बर्गको योजना र अगुवाइमा भएका छन । खालि मज्दुर र क्रान्तिकारी जनता तिनका सत्ताको भर्याङमात्र भएका हुन । यो महशुस सम्पुर्ण राष्टबादी जनता र कार्यकर्तामा हन जरुर छ। उहिलै देखि कालापानी लगायत देसका ७ दर्जनभन्दा बढी ठाउहरुमा बलपूर्वक भारतले नेपालको सिमानाहरुको जफत कार्य गर्दै आएको छ।
सुस्ताका नौवटा गाँउबाट अहिले दुइवटा मा सिमित छ। यस्तै भजनि, ठोरी, रसियाल, खुर्दलोटन, टनकपुर, कोसि लगायतका कयौठाउमा नाङगो हस्तक्षेपको पराकाष्ठा छ तर पनि यि देशका नलाएकहरु टुलुटुलु हेर्ने र नकचरो भएर सुन्ने बाहेक अरुकुनै प्रतिक्रिया लायक देखि दैनन्। बर्तमान प्रधानमन्त्री अोलिले पहिलो पालि नै अन्तरबार्तामा भनिसकेका थिए हामिले कहिल्यै पनि कालापानी हाम्रो हो भनेर पढेनौ , अहिले कि भुमि मन्त्रि अर्यालले पानि भनिसकिन कालापानि हाम्रो हैन मलाइ थाहा छैन।
मुर्ख गद्दार हरुलाई थाहा हुन्न बरु ५ कक्षाको एक बालक लाइ सोध्नुहोस उसले नेपालको भुमि कुनकुन हो भनेर भनिदिन्छ । हुनत म केपी वलिलाइ मात्र दोष दिन्न यि सब एकसे एक खलपात्रहरु नै देशको कुनै पनि पदमा बस्नलाएक छैनन् कदापी छैनन् यि सबले प्रधानमन्त्रीको कुर्सिसंग देश साटीसहेका छन।
बरु इतिहासको एक स्वतन्त्र देशको नागारिक भएको हैसियतले आम नागरिकहरुले एउटा राष्ट्र, बर्ग र समुदाय प्रतिको जिम्मेवार लडाइँ लड्न अावस्यक छ। देशको राजनितिमा हरठाँउका जिम्मेवार वर्ग जो सताब्दियौ देखि राजनीतिक तिरस्कारमा पर्दापर्दै पनि देशको माया र समाजिक सदभाबको डोरीमा कसिएका छन उनिहरुले नै अबको राजनितिमा भागलिन र जिम्मेवार नागरिक भएको कारण देशको भाग्य निर्माणमा सरिक हुनपर्ने टटकारो आवश्यकता ढिला भैसक्न लागि सक्यो।
अर्को कुरा विश्व इतिहास केलाउदा कुनै पनि देशका नागरिक अान्दोलनले कुख्यात तानाशाह, राष्ट्र घाति, देशद्रोही र भ्रष्टहरुको नष्ट गर्दै अाफ्नो देशको स्वाधिनता र जनताको पराधिनतालाइ मुक्त पारेको कुरा नेपाली जनताले बुझ्न जरुरी छ। यि सब दलालरुले जनताका उत्पिडिनका नाराहरुलाइ भजाउदै मस्ति गर्ने योजनाबाट सुरु भएको यिनको राष्ट्रबाद महत्व काङ्क्षाबाट उदयभइ गुलामी र अहिले दलाल राष्टबादको नाङगो चरणमा आइपुगेको छर्लङ्ग भइसक्यो छ। यो भनेको एउटा लेन्डुपेको जन्म गाराउनु र देशलाई सिक्किमिकरणको संघारमा पुर्याउनु हो। यति भनिरहदा यिनलाई टाउको दुख्छ । कुनै पनि जनस्तरबाट हुने आलोचनाबाट सिक्ने र सहन गर्न सक्ने हैसियत सम्मा गुमाइ सकेका यिनका सबै तिरका आसेपासे परिचालन र फेसबुकमा गरिने निर्लज्ज प्रतिकार एवं समर्थनले झल्काउँछ।
तसर्थ सबै दलभित्रका राष्ट्रबादि युवायुवतीहरु र देशभक्ति आमाबुवा हरुले गद्दारहरुको सत्ता च्युत गरि जनताको सासन स्थापित गर्नु टटकारो आवश्यकता भैसक्यो र अबको आउदो चुनाव सम्मान यिनका बिरुद्धमा नागारिकहरुको अभुतपुर्व एकता हुनजरुरी भैसक्यो र यो बारम्बाको कालापानी नालापानी मात्रै हैन अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्र सम्मा बिना रोकतोक जान अउन र महा-समुद्रको स्रोत माथिको अधिकार स्थापित गर्दै भु -परिबेष्ठित अवस्था अन्त्य गर्न समेत लड्ने बेला आएको छ।
मलाइ के बिश्वास छ भने यदि बिस्तारबादको बिरुद्ध नेपालले युद्ध गर्यो भने उ जति सुकै सक्तिसालि भएपनि नेपलिलाइ पराजय गर्न सक्ने छैन। यहि बेलामा हामी संगठित भएर देश बचाउन सकिनौ भने भाबी पुस्ताले हामलाइ धिक्कारनु धिक्कार्ने छन। आउनुहोस् नेपालको उत्तर देखि दक्षिण सम्माको सिमानामा पर्खाल लगाउ र क्रान्तिकारी एकता गरौ स्वाधिन बनौं आखिर मर्नु एकदिन सधैं नाचिरहेकोछ! जय देश जय स्वाभिमान !!