बाँकेमा थप एकजनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, ३१ वैशाख : बाँकेमा थप एकजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बाँके जिल्ला नेपालगञ्ज ८ नम्बर वडा निवासी ३६ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ । धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पुष्टि गरेका हुन्।

यसअघि मंगलबार मात्र ८३ जना संक्रमित थपिएर कुल संक्रमित २१७ पुगेको थियो।

सम्बन्धित खवर

Back to top button