२४ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा संक्रमित संख्या २४३


काठमाडौं, ३१ वैशाख : नेपालमा आज बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देहीमा क्रमश २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुषहरु संक्रमित छन् भने ४ र १० वर्षीय बालिका तथा २८ वर्षीय महिलामा समेत काेराेना पुष्टि भएकाे छ ।



यस्तै कपिलवस्तु निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षीय पुरुषहरुमा संक्रमण फेला परेकाे छ । पर्साका क्रमश ३६ र ७४ वर्षीय पुरुषहरु संक्रमण भएकाे छ भने ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । यस्तै नवलपरासी निवासी एकजना ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको जनाइकाे छ ।
आजै यसअघि दुईजनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थपिएको दुई संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।









