काठमाडौं र कपिलवस्तुका १-१ जनामा कोरोना पुष्टि


काठमाडाैंं, १ जेठ : नेपालमा थप दुई जनामा काेरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजनिक गरेकाे तथ्यांक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे हाे।



योसँगै नेपालमा संक्रमितकाे संख्या २४५ पुगेकाे छ। ३५ जना उपचार पछि निको भएका छन्।
बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।









