उपचारमा संलग्न नर्सलाई नै कोरोना

वीरगञ्ज, १ जेठ : नेपालमा उपचारमा खटिएकी एक नर्सलाई नै कोरोना (कोभिड–१९) भाइरस संक्रमण भएकाे छ । वीरगञ्जस्थित अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न एक नर्समा नै संक्रमण फेला परेको हो । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये ३६ वर्षीया महिला नर्स हुन् ।

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न रहेको पाइएको छ । केहि दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । हालसम्म २४५ जना कोरोना संक्रमित भइसकेका छन् । भारतबाट नेपालीहरु घर फर्किने क्रम बढेसँगै कोरोना संक्रमण पनि ह्वातै बढेको पाइएको हाे ।

नेपालमा कोरोना समुदायस्तरमा फैलन सक्ने खतरा बढ्दै गएको छ । संक्रमितको उद्धार र उपचारमा खट्दै आएकाहरुमा नै संक्रमण देखिन थालेपछि कोरोनाले आम नेपालीमा चिन्ता बढाएको छ ।

सम्बन्धित खवर

Back to top button