काेराेना जाेखिम बढेपछि कालिमाटी तरकारी बजारभित्रका सबैकाे परीक्षण

काठमाडौं, १ जेठ : कालिमाटी फलफूल तथा तरकारी बजारमा काम गर्नेहरुकाे बिहीबार कोरोना भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कालिमाटी तरकारी बजारभित्र तरकारी बिक्री गर्ने, ढुवानीलगायतका काममा संलग्नहरुको परीक्षण गरिएको हो ।

बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रीमा संलग्न हुने व्यवसायी, व्यवसायीका सहयोगी, ढुवानीमा संलग्न हुने चालक, सहचालक, भरिया, सरसफाइ मजदुर, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

याे क्षेत्रमा काम गर्ने ६ सय जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट परीक्षण गरिएको छ । त्‍यस्तै ३ सय जनाको पीसीआर प्रविधिबाट कोरोना सं‌क्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको छ । बिहीबार परीक्षण नसकिए शुक्रबार पनि नमुना लिइने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button