भारतमा खैलाबैला हुनेगरि गोर्खा सैनिकको आक्रोश: नेपालले हिम्मत मात्र गरे भारत सखाप हुने उद्घोष

काठमाडाैं, १ जेठ : भारतीय गोर्खा सैनिकमा कार्यरत एक जावानले भारतले लिपुलेक मिचेकोमा आक्रोश पोख्दै भारतको आन्तरिक क्षमताको पर्दाफास गरेका छन् । उनी हतियार सहित डिउटीमै रहेको बेला फेसबुकमा लाइभ गर्दै भारतले कुनै पनि हालतमा नेपालसँग युद्ध गर्ने हिक्मत नराख्ने भन्दै गर्जिएका छन्।

यदि भारतले गोर्खा रेजिमेन्टमा कार्यरत सहत्तरी हजार गोर्खा सैनिकहरूलाई पठाए मात्रै महायुद्ध हुन सक्ने र त्यो हिम्मत कुनै पनि हालतमा भारतसँग नहुने बताएका छन्।

उनले भारतीय सन्चार माध्यम र आन्तरिक राजनीति भित्र यो बिषय गम्भीर रुपमा उठिरहको र यदि लिपुलेक र नालापनीका लागि नेपालसँग युद्ध भए कुनै पनि हालतमा ७० हजार गोर्खा सेना भारत बिरुद्ध सजिलै जाइलाग्ने बताएका छन् । उनले त्यसबाट उत्पन्न परिस्थितिको कल्पना पनि गर्न नसकिने हुनाले भारत पछि हट्न बाध्य हुने भएकोले चाहेर पनि भारतले नेपालसंग महायुद्ध गर्न नहुने निष्कर्षमा रहेको गम्भीर खुलासा निर्धक्क साथ गरिदिएका छन् ।

उनले कालापानी लिपुलेकका लागि भनि पठाइएको सशस्त्र र पुलिसको संख्यालाई मजाक भएको र नेपालले गर्ने यस्तै मजाकले भारतले हेप्दै आएकोले राष्ट्रको अतिक्रमण हुँदा सेना पारिचालनको अनिवार्य नियम भएकाले तुरुन्तै नेपाली सेना परिचालन गर्नुपर्ने र कालापानीबाट भारतीय सेनालाई जबर्जस्ती हटाउनु पर्ने भन्दै देश भावको तीव्र आक्रोश पोखेका हुन् । जबसम्म नेपालले सिमानामा आर्मी राख्दैन तबसम्म भारतले सीमा मिचिरहन्छ मिचिरहन्छ् भन्ने ठोकुवा गरेका छन्।

हामी सुझाब दिन्छौं की नेपालले आफ्नो सबै सीमानाको सुरक्षा गर्न सैनिक क्याम्प राखोस् र तब पनि भारतले हाम्रो देशलाई टेरेन भने युद्धको आवहान गरोस् कालापानी हैन आधा भारत लिएर नेपाल हामी आउँछौं भनी उनले वीर गोर्खालीको ताजा राष्ट्रभाव झल्काएका छन्।

यसरी बारम्बार स्वदेश तथा विदेशमा रहेका वीर सन्तानहरुको आव्हानलाई हालसम्मका कुनै पनि सरकार र शासकहरुले सम्मान गर्न र माटोको रक्षा गर्ने कुनै सदासयता नदेखाउनुले सच्चा देशप्रेमले ओतप्रोत नेपालीलाई बारम्बार पिरोलीरहेकै छ  ।

यदि कथम कथाचित नेपाल भारतको अधिनमा गयो भने त्यहाँका २० करोड भन्दा बढी माग्ने, भिखारी, तस्करी र गुण्डाहरुको प्रवेशले हाम्रा कयौं चेलिबेटीका दिनदाहाडै आफ्नै सामुन्ने चिरहरण हुनेछ भने नेपालीका छात्तीमा बुट बर्जने छन् किनकी यो विश्व औपनिवेशिक देशहरुको ताजा इतिहासले पाठ सिकाइसकेको छ।

हेर्नुहाेस् भिडियाे

सम्बन्धित खवर

Back to top button