कोरोना संक्रमित ९ जना थपिए

काठमाडौं, २ जेठ : शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन् । याेसँगै नेपालमा काेराेना स‌ंक्रमितकाे संख्या २५८ पुगेकाे छ । उपचारपछि निकाे भएर ३५ जना घर फर्किसकेका छन्

नेपालमा कोरोनाकाे संक्रमण २३ जिल्लामा फैलिएकाे छ। प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसकाे संक्रमण देखिएकाे छ। प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसकाे संक्रमण देखिएकाे हाे

सम्बन्धित खवर

Back to top button