नेता सिंहद्वारा विपन्न परिवारलाई छाेराहरुले पठाएकाे राहत वितरण

अध्ययनको सिलसिलामा अष्ट्रेलिया बस्ने रमेश सिंह र गणेश सिंहले पठाएको राहत २ सय २५ घरपरिवारलाई वितरण गरिएको छ। राहत वितरणका लागि विजय सापकोटा, प्रेमबहादुर सिंहले समेत आर्थीक सहयोग गरेका छन्।

जाजरकोट, २ जेठ : विश्वभर महामारीकाे रुप लिइरहेकाे कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनपछि हातमुख जाेह गर्न नसक्ने जिल्लाकाे बारेकाेटका विपन्न परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डम्बरबहादुर सिंहले राहत वितरण गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने विपन्न परिवारलाई नेता सिंहले राहत वितरण गरेका हुन् ।

सामाजिक दूरी कायम गरि राहत वितरण गरिएकाे उनले बताए । अध्ययनको सिलसिलामा अष्ट्रेलिया बस्ने आफ्ना छोराहरुले पठाएको राहत बारेकोट गाउँपालिकाका २ सय २५ जना विपन्न परिवारहरुलाई वितरण गरिएको नेता सिंहले बताएका छन् । नेकपाका कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका उनका दुई छोरा रमेश सिंह र गणेश सिंहले पठाएको रकमले राहत वितरण गरिएकाे उनले जानकारी दिए ।

राहत वितरणका लागि विजय सापकोटा, प्रेमबहादुर सिंहले समेत आर्थीक सहयोग गरेकाे नेता सिंले जनाएका छन् । उनका अनुसार बारेकोट गाउँपालिकामा रहेका २ सय २५ विपन्न परिवारलाई एक बोरा चामल र २ पोका नुन वितरण गरिएको हाे । उनले बिहीबार वडा  नम्बर १ देखि ५ सम्मका घर परिवारलाई रातह बितरण गरिएकाे जनाए । समस्यामा परेका बारेकोटका सवै वडाका विपन्न परिवारहरुलाई क्रमश: राहत वितरण गर्ने तयारी गरिएको नेता सिंहले बताएका छन् ।

नेता सिंहको समन्वयमा राहत पाएपछि विपन्न परिवारले खुसी व्यक्त गरेका छन् । राहत वितरणमा बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही र समाजसेवी बौद्धिक व्यक्तित्व गोरख सिंहको समेत उपस्थिति रहेको थियो । राहत वितरण कार्यक्रममा उपस्थित भएका उनीहरुको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिको स्वास्थ्य शाखाका कर्मचारी डम्बरबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button