आजै थप ९ जनामा कोरोन पुष्टि

काठमाडौं, २ जेठ : नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । ताजा अपडेट अनुसार काठमाडौं, पर्सा, उदयपुर र दाङका ९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ जनामा कोरोना देखिएको हो ।

संक्रमितहरूमा वीरगन्ज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला गरी ४ जना रहेका छन् । उदयपुर, त्रियुगा नगरपालिका निवासी २५ वर्पीय पुरुष, दाङ गढुवा ४, ५ र तुलसीपुर निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौं सतुङ्गल बस्ने ७ वर्षीय बालक रहेको बताइएको छ ।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । उपचारपछि ३५ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर

Back to top button