लकडाउनकाे बेला खाद्य सामग्री घरघर पुर्‍याउने युवा माथी आक्रमण

“आराजक समूहको कुटपिटबाट टाउकोमा गहिरो चोट लाग्नुका साथै एउटा कान छुट्टिएको छ ।शरीरबाट धेरै रगत बगेकाले उनको अवस्था गम्भीर रहेको जनाइएकाे छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनलाई कोहलपुर मेडीकल कलेजमा रिफर गरिएको छ ।”

जाजरकोट, ३ जेठ : जिल्लाकाे कुशेगाउँपालिकामा लकडाउनकाे बेला खाद्य सामग्री घरघर पुर्‍याउने युवा माथी आक्रमण अराजक समूहले आक्रमण गरेका छ । खलंगाबाट आफ्नै ट्याक्टरमा खाद्य सामग्री लिएर कुशे गाउँपालिका जाँदै गर्दा भेरिनगरपालिका-६, का ३१ वर्षीय नविन घर्तीलाई अराजक समूहले आक्रमण गरी गम्भीर घाइले बनाएको हुन् ।

उनलाई शुक्रबार वडा नम्बर ५ को साँदीवीसाउनमा उक्त अराजक समूहले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । कुशे गाउँपालिका वडा नम्बर-६, सिमलगाउँका २१ वर्षीय शन्तोष शाही र १९ वर्षीय बिजुले शाही लगायतको समूहले कुटपिट गरि गम्भीर घाइते बनाएको पीडित घर्तीले बताएका छन् ।

 

पीडित घर्ती लकडाउनकाे समयमा सर्वासाधारण तथा व्यापारीहरुले बाेलाउँदा आफ्नै ट्याक्टरमा अत्यावश्यक खाद्य सामग्री लिएर घरघर जाने गरेका थिए ।

आराजक समूहको कुटपिटबाट  पीडित घर्तीको टाउकोमा गहिरो चोट लाग्नुका साथै एउटा कान पनि छुट्टिएको छ । शरीरबाट धेरै रगत बगेकाले उनको अवस्था गम्भीर रहेको जनाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनलाई कोहलपुर मेडीकल कलेजमा रिफर गरिएको अस्पतालले जनाएको छ ।

कुटपिटमा संलग्न मध्य दुईजना कुशे गाउँपालिका वडा नम्बर ६, का अध्यक्ष अमर शाहीका भाइहरु रहेको बताइएको छ ।

सम्बन्धित खवर

Back to top button