डुंगा पल्टिँदा बालकसहित तीन बेपत्ता

सुर्खेत, ३ जेठ : कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय एक बालकसहित तीन जना बेपत्ता भएका छन् । सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा शुक्रबार साँझ डुंगा पल्टिंदा बालक सहित ३ जना कर्णालीमा बेपत्ता भएका हुन् ।

सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका–२ का १० वर्षीय हिरु विक, मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मानकु विक र उनका चार वर्षका छोरा धनबहादुर विक बेपत्ता भएको जानकारी दिए।

लकडाउनको समयमा पुलहरु बन्द गरिएपछि लुकिछिपी डुंगा तरेर वारपार गर्ने गरिएको छ । एसपी पन्तले नदीमा पल्टिएको डुंगाका चालक भने पौडी खेलेर बाँच्न सफल भएको खबर आएको बताए । डुंगामा कति जना सवार थिए भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button