चीन र भारत स्वाधीनता बिरोधी रहेको ठहर, नागरिक बिद्रोहको चेतावनी

कोहलपुर, ३  जेठ : भारतले नेपाली भू-भाग कब्जा गरी एकतर्फी रुपमा रोड बनाएपछि उब्जिएको परिस्थिति उपर आफ्नो धारणा तय गर्न बसेको स्वतन्त्र नागरिक सरोकार मञ्च कोहलपुर बाँकेको बैठकले चिन र भारतको पछिल्लो कदम अन्तराष्ट्रिय मान्यता बिपरित नेपालको राष्टियता माथिको नाङ्गो हस्तक्षेप भएको ठहर गर्दै यसका बिरुद्ध आम नागरिक एक हुनु पर्ने धाराणा सार्वजनिक गरेको छ।

मञ्चका अध्यक्ष किशोर कृष्ण भण्डारीको संयोजकत्वमा बसेको शंकर न्यौपाने, दिनेशराज उपाध्याय  लगायत अभियान्ताहरुको बैठकले बर्षौ देखि भारतको लिपु-कालापानी माथिको ज्यादती कुनै पनि हालतमा राष्ट्रभक्त नेपालीहरुलाइ सहिय नहुने भन्दै कडा भर्शना गरेको छ।

सडक निर्माण प्रति भारत र चिन दुबै नेपाली राष्टियताको दुष्ट भएको भन्दै यसका निमित्त नागरिक स्तरबाटै ब्यापक जन जागरण अभियान चलाइने निर्णय गरिएको र चिन र भारत स्वाधिनता बिरोधी भएकोले राष्टियताको पक्षमा कुनै पनि बेलामा नागरिक बिद्रोह हुनसक्ने भन्दै मञ्चका सचिव ललित पहाडीले चेतावनी दिएकाछन्।

नागरिक मञ्चको बैठकले लकडाउनको बेला आफ्नो दुतावास जानुको बिपरित सिंह दरबार पुगेर नेपाल सरकारका बिरूद्धमा नाराबाजी गर्दै चिनियाँ नागरिकले बर्दिवाला नेपाल प्रहरीको कठालो सामातेको र चिनिया उच्च मेडियाले सगरमाथा चिनमा पर्छ भनि प्रचार गरेको घटना प्रति आशंका गर्दै गम्भीर चिन्ता ब्यक्त गरेको छ । बर्तमान सरकारले कुनै पनि कदम चाल्न सक्ने नदेखिकोले संसारको जुनसुकै कुनामा रहेका नेपाली हरुलाई राष्टियताको पक्षमा दरो आवाज उठाउन आह्वान समेत गरेको छ।

कोरोनाको कहरमा देश थला पारिरहेको बेला चारै तिरबाट भारतले सिमा मिच्दै मनोमानी गर्नु र चिन समेतले भारतको पक्षमा ब्याभार देखाउनुले नेपालको सार्वभौमिकतामा उच्च खतरा रहेको भन्दै स्वदेश तथा बिदेशमा रहेका आम नेपालीहरुले तिब्र बिरोध गरिरहेका छन। राष्ट्रियताको बिषयमा सरकारले कुनै पनि कदम नचाले नागरिकहरुले राजनितिक बिकल्प खोज्न सक्ने र राष्टियताको पक्षमा नागरिक बिद्रोह हुनसक्ने बिचार जानकारहरुले समेत ब्यक्त गर्दै आएका छन।

सम्बन्धित खवर

Back to top button