काठमाडौं, ४ जेठ : नेपालमा थप १० जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहट १० जनामा कोरोना संक्र’मण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ