मन्त्री परिषद्कको बैठक बस्दै, लकडाउनको विषयमा छलफल हुने

काठमाडौं, ४ जेठ : मन्त्रीपरिषद् बैठक आज साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा लकडाउनबारे छलफल हुने एक मन्त्रीले बताए । सरकारले पछिल्लो समय जारी गरेको लकडाउन जेठ ५ गते सकिदैछ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि लकडाउन एक हप्ता थप्दै अझ कडाईका साथ लागू गर्ने तयारीमा सरकार रहेको ती मन्त्रीले बताए । अहिलेसम्म नेपालमा कोरोनाबाट २९१ जना संक्रमित भएका छन् भने एकको मृत्यु भैसकेको छ ।

बैठकमा कोरोना नियन्त्रणमा सरकारले अपनाएको सबै विषयका बारेमा विश्लेषण गर्दै थप रणनीति तय गरेर निर्णय हुनसक्ने बताइएको छ । आजै दिउँसो २ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठक पनि बस्दैछ ।

सम्बन्धित खवर

Back to top button