उपचार नपाएर क्वारेन्टीनमा एकजनाको मृत्यु
“जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले कोभिडलाई लक्षित गरी प्रत्येक स्थानीय तहमा एम्बुलेन्स र चालक तयार राख्ने निर्णय गरेको थियो । तर, क्वारेन्टीनमा उपचार नपाई युवाको मृ’त्यु भएपछि स्थानीय आ’क्रोशित भएका छन् ।”
नेपालगञ्ज, ४ जेठ : बाँकेमा उपचार नपाएर क्वारेन्टीनमा बसेका एक जनाकाे मृ’त्यु भएकाे छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ६ स्थित जयकिसान माविको क्वारेन्टीनमा बसेका अन्दाजी २४ वर्षीय युवकको शनिबार राती मृ’त्यु भएको हो । उनलाई वाकवाकी भएको क्वारेन्टीनमा बसेका अन्यले स्थानीयलाई जानकारी दिएका थिए ।
पीपीइ सुरक्षा सामाग्री उपलब्ध नभएका कारण स्थानीय एम्बुलेन्सलाई खबर गरे पनि उपचारका लागि नेपालगञ्ज ल्याउन नमानेको स्थानीयले जानकारी दिएका छन् । उपचार हुन नसकेपछि युवको ज्यान गएको स्थानीयले बताएका छन् । नरैनापुर ५ नयाँ वस्तीका युवा गत बुधबार भारतबाट आएपछि क्वारेन्टीनमा राखिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले घ’टनाबारे जानकारी आए लगत्तै फिल्डमा स्वास्थ्य टोली हिँडिसकेको जानकारी दिएका छन् । मृ’तक युवाको मेडिकल रिपोर्ट आएपछि मात्रै मृ’त्युको कारण बताउन सकिने उनले बताएका छन् ।
यसअघि जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले कोभिडलाई लक्षित गरी प्रत्येक स्थानीय तहमा एम्बुलेन्स र चालक तयार राख्ने निर्णय गरेको थियो । तर, क्वारेन्टीनमा उपचार नपाई युवाको मृ’त्यु भएपछि स्थानीय आ’क्रोशित भएका छन् ।
जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले केन्द्र स्थित सेन्टरसँग सुरक्षा सामाग्री लिखित रुपमा नै निर्णय गरेर माग गरेको छ । नरैनापुरमा ८ जना कोरोना पोजेटिभ भेटिएपछि शनिबार चार वटा क्याम्प मार्फत २ सय ६३ को स्वाब संकलन गरिएको थियो ।