कोरोनाकै कारण क्वारिन्टीनमा ज्यान गएको पुष्टि
काठमाडौं, ४ जेठ : उपचार नपाएर बाँकेको क्वारेन्टीनमा आइतबार बिहान मृ’त्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको जानकारी दिए ।
प्रदेश नम्बर पाँचको प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिआइजी रवीन्द्र धानुकले मृतकको रिपोर्ट पोजेटिभ आएको भन्ने खबर प्राप्त भएको बताए। ‘मलाई रिपोर्ट पोजेटिभ आयो भन्ने खवर दिइएको छ र मैले कानूनी प्रक्रिया पूरा गरी अन्त्येष्टि गर्नु भन्ने निर्देशन मातहतलाई दिएको छु,’ डिआइजी धानुकले भने।
योसँगै नेपालमा कोरोनाबाट दुई जनाले ज्यान गुमएका छन् । यसअघि गत बिहीबार मृ’त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको थियो। आइतबार बिहान मृ’त्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टीनमा लगिएको थियो। नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टीनमा अरू ३८ जना पनि छन्। मृ’त्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए।