सरकारलाई लकडाउन बढाउन उच्चस्तरीय समितिको सिफारिस


काठमाडौं, ४ जेठ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लक डाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको छ ।
आइतबार बसेको समिति बैठकले लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाइ गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए।



बजेट छुट्याएरै भए पनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खबर पनि आएका छन्, विडारीले भने। लक डाउन नभएको भए अझ अवस्था भयावह हुने बैठकको निष्कर्ष छ ।
लकडाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ। बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ।