कोरोनाबाट आमा गुमाएका शिशुलाई पूर्व सञ्चारमन्त्री बस्नेतले उच्च शिक्षासम्म पढाउने
काठमाडौं, ५ जेठ : पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कोरोनाबाट आमा गुमाएका शिशुलाई उच्च शिक्षा सम्म पढाउने र तत्काल पौष्टिक आहारको लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।
उनले गत बिहिबार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीय महिलाको शिशुलाई सहयोग गर्ने भएका हुन् । आमा गुमाएका शिशुको १ देखि १२ कक्षासम्म अध्ययनकालागि पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जिम्मा लिने घोषणा गरेका हुन ।
बस्नेतले तत्कालै शिशुको पौष्टिक आहारका लागि ५० हजार आर्थिक सहयोग गर्ने बताएका छन । आमा कोरोनाबाट मृत्यु भएको र पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले बच्चाको आवश्यक हेरचार र खानपानकालागि केही रकम सहयोग गरेको पूर्वमन्त्री बस्नेतले बताएका छन् ।
१२ कक्षा पछि पनि थप उच्च शिक्षा अध्ययनका लागि र रोजगारीको व्यवस्थाको पहल समेत गर्ने बस्नेतले बताए ।