बाँकेमा मात्रै एकैपटक ४७ जनामा कोरोना पुष्टि
नेपालगन्ज, ५ जेठ : बाँकेको नरैनापुर क्षेत्रको क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४६ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको भेरि अस्पतालले जनाएको छ।
उक्त क्वारेन्टीनमा रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा ल्याइएको र १ सय ९२ जनाको परीक्षण गरिएको थियो ।
बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएकाे छ। आइतबार क्वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगर र भैरहवालगायत थप ४ जनामा काेराेना पुष्टि भएकाे हाे । कुल संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे छ। देशभर ३१ वटा जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ।