यस्तो छ लिम्पियाधुरालगायत भूमि समेटेर जारी गरेको नेपालको नयाँ नक्सा


काठमाडौं, ५ जेठ : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले लिम्पियाधुरालगायत भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ । भारतले अतिक्र’मण गरेको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभी, लिपुलेकसहितका क्षेत्र नयाँ नक्सामा समेटिएको छ।
मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो । भारतले नेपालको कालापानी क्षेत्र अति’क्रमण गरेर सडक बनाएको तथा सीमा क्षेत्रमा आफ्नो सैनिक राखेपछि नेपालमा त्यसको चर्को वि’रोध भइरहेको छ।



नेपाल सरकारले भारतको यस कदमप्रति असहमति जनाउँदै आएको थियो। शुक्रबार जारी सरकारको नीति तथा कार्यक्रममा नेपालले ती भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा समेत गरेको थियो। यसैबीच प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराईले समेत आफ्नो फेसबुक पेजमा नेपालको नयाँ नक्सा राखेर प्रधानमन्त्री र सरकारलाई धन्यवाद दिएका छन ।
भट्टराईले फेसबुकमा लेखेका छन्आजको मन्त्रिपरिषद बैठक पछिको नेपालको नक्सा यस्तो हुने भयो । धन्यबाद एः ज्यू तथा मन्त्रिपरिषद्का सदस्यज्यूहरु। यसैगरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठक सकिना साथ ट्विट गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय ।
आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछु भनेका छन। अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटरको बदला १ लाख ४७ हजार ५ सय ५७ बर्गकिलोमिटर हुने छ ।यद्यपि जारी गरिएको नयाँ नक्सा भने राजपत्रमा प्रकाशन भएको छैन । सम्भवत छिटै नक्सालाई आधिकारिकता दिइने छ।