ग्रीन जाेनमा रहेकाे कर्णाली प्रदेशमा पनि काेराेना, संक्रमित ३७५ पुगे
काठमाडाैं, ५ जेठ : अहिलेसम्म ग्रीन जाेनकाे रुपमा रहेकाे कर्णाली प्रदेशमा पनि काेराेना भाइरस देखा परेकाे छ । ग्रीन जाेनकाे रुपमा रहेकाे कर्णाली प्रदेशकाे दैलेख आठबीस निवासी एक पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
साेमबार साँझसम्म ३ सय ५७ रहेकाेमा भर्खरै १८ जनामा काेराेना पुष्टि भएसँगै संक्रमित संख्या बढेर ३ सय ७५ पुगेकाे छ ।
धनुषा निवासी २ जना पुरुष, खाेटाङ हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष छन् । त्यस्तै हालसम्म संक्रमण नभेटिएकाे तराईकाे सुनसरी जिल्लामा पनि एक जना संक्रमित फेला परेका छन्।
त्यसैगरी झापाका एक थप एक पुरुषमा पनि संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। उनीहरु सबै जना स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेका बताइएकाे छ। यससँगै साेमबार मात्रै नेपालमा ८० जना नयाँ संक्रमित भेटिएका हुन्। अहिलेसम्म नेपालमै दुईजनाले काेराेनाका कारण ज्यान गुमाइसकेका छन् भने ३६ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् ।